सीमासुरक्षामा प्रदेश एक मजबुद : मन्त्री कार्की

खबर पूर्वाञ्चल, २१ बैशाख २०७७, आईतवार २१:३८

विराटनगर / आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले लकडाउनको बेला विभिन्न बाहाना बनाएर आफनो जिम्मेवारीबाट उम्किने र चर्को शुल्क असुल्ने अस्पतालहरुलाई कारवाही गरिने बताएका छन् ।

आज  एलिट क्लब विराटनगरको भच्र्युवल छलफलको १८ औं श्रृङ्खलामा बोल्दै मन्त्री कार्कीले त्यस्ता बेथितिविरुद्ध कठोर कदम चाल्ने सम्बन्धमा प्रदेश सरकारमा छलफल भएको र आवश्यक पर्दा संघीय सरकारमा समेत लेखी पठाउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रियाकै क्रममा आम नागरिकमा कोरोनाका विषयमा एक किसिमको त्राशको वातावरण भएकोले संक्रमितहरु लुक्ने र सरकारले खोजेर पत्ता लगाउनु पर्ने अवस्था भएकोले सरकारले आम नागरिकलाई आस्वस्त पार्ने गरी अपील गर्न र जनता स्वयम नै क्वारेन्टाइनमा बस्न आउने वातावरण बनाउन आवश्यक रहेको सुझाव एलिट क्लबका पदाधिकारी तथा सदस्यहरुले दिएका थिए । त्यस आधारमा मन्त्री कार्कीले जनतामा रहेको अनावश्यक त्रास हटाउन र कोविड १९को बारेमा कसरी सावधानी अपनाउने भन्ने विषयमा जनताको नाममा प्रदेश सरकारको तर्फबाट सार्वजनिक अपील गर्न तयार रहेको बताए ।

मन्त्री कार्कीले लकडाउनको आगामी रणनीतिबारे बोल्दै काठमाण्डौ र विदेशबाट आएका मानिसहरुको कोरोना परीक्षण एक सरो सिध्याएपछि नै कोरोणनको संक्रमणको अवस्था के रहेको छ भनी यथार्थ आँकलन गर्न सकिने बताउँदै भने,‘त्यसपछि संक्रमणको आवस्थाको आधारमा गम्भीरलाई रेड, आंशिक सक्रमणको जोखिममा रहेकोलाई एलो र संक्रमणमुक्तलाई ग्रीन जोनमा छुट्याइने र ग्रिनजोन रहेको क्षेत्रमा लकडाउन खुकुलो पार्दै जाने रणनीति अपनाइनेछ ।’

सीमा सुरक्षालाई सबै प्रदेशमा भन्दाप्रदेश १मा बढी चुस्त र व्यवस्थित बनाइएको बताउँदै मन्त्री कार्कीले भने‘ हामीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मा दिएका छौं । उनीहरुले ५ सय ५२ ठाउँमा चौकी राखेर सीमा सुरक्षा गरिरहेका छन् । आवश्यक परे अझ जनशक्ति थपेर भए पनि सीमा सुरषालाई प्भानवकारी र भरपर्दो बनाउने विषयमा सोचिरहेका छौं ।’

कोरोनाको महामारी एकातिर चुनौती हो, अर्थतन्त्र र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतर्फ राष्ट्रिय हितका लागि चिन्तन गर्ने र त्यसतर्फ कदम चाल्ने महत्वपूर्ण अवसर पनि भएको उनले बताए । मन्त्री कार्कीले भने, ‘यो अवसरलाई राष्ट्रिय पूँजीको विकास गर्नर राष्ट्रिय अर्थतन्त्रलाई मजबुद पार्नमा सदुपयोग गर्नुपर्दछ भन्नेमा हामी दृढ छौं ।’

अबका दिनमा बाहिर रोजगारीमा गएकाहरुफर्किने र बाहिर जान तम्सिएका युवाहरु जानबाट बञ्चित रहने भएकोले ठूलो संख्यामा रोजगारीको अवसर आवशयक रहेको भन्ने प्रश्नमा मन्त्री कार्कीले प्रदेश सरकार र संघीय सरकार तहमा यस विषयमा छलफल भइरहेकोले आगामी बजेटमा यस सम्बन्धी गतिलाृे कार्यक्रम ल्याउने आश्वासन दिए । उनले दशलाख किसानलाई कृषि कार्यमा संलग्न गराएर उनीहरुको उत्पादनलाई बजारसम्म पु¥याउने उपयुक्त संयन्त्र विकास गर्ने स्पष्ट कार्ययोजना सहित प्रदेश सरकार अगाडि बढ्ने विचार व्यक्त गरे ।

भर्चुवल छलफलमा क्लबमा महासचिव यज्ञप्रसाद शर्मा पूर्व अध्यक्ष डा. भेषप्रसाद धमला, पूर्व महासचिव प्रा. कृष्ण पोखरेल, डा. अर्जुन बराल, दिनेश श्रेष्ठ, पूर्व सा.स्कृतिक सचिव कविराज नेउपाने, कार्यसमिति सदस्य मणि अर्याल, सदस्यहरु प. डा. मीनराज ढकाल, स्वयम्भुसनाथ कार्की, डा. चन्द्र उपाध्याय,मोहन सुवेदी लगायतले प्रश्न राखेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५