प्रदेश १ मा ३८२ जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७५ हजार ७९२ पुग्यो, १० जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २८ असार २०७८, सोमबार १६:२१

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३८२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ७५ हजार ७९२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४६१ रहेको छ ।

झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बा¥हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरो सोहि अवधिमा २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ । त्यस्तै प्रदेश १ मा १० जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३७७ पुगेको छ । जस्मा ४०८ महिला र ९६९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङ, झापा, ओखलढुंगा र सुनसरीका २–२ जना तथा इलाम र धनकुटा स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरकाने कोशी कोभिड उपचार केन्द्रमा ४ जना तथा धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल ओखलढुंगामा २–२ जना , जिल्ला अस्पताल धनकुटा र जिल्ला अस्पताल इलाममा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५