AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सोरुम फुटाएर कार चोरी गरेर भारत लैजाने क्रममा सुनसरीबाट १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८१, शुक्रबार १५:४६
1.17k
Shares
विराटनगर / विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरीमा संलग्न भएको आरोपमा १ जना सुनसरीबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको भक्स्वागनकोे सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट रातो कार चोरी गरेर भारत लैजाने क्रममा सुनसरीबाट १ जना पक्राउ परेको हो ।

नेपालभारत सीमा नजिक सुनसरीको गढी गाउँपालिका वडा नं. ४ इक्राही हुँदै भोक्राहा पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । अहिले सो कार जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ ।

चोरीमा संलग्न भएका सुनसरीको गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार विनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सुनसरीबाट गाडीसहित पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ ।

घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका विनले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिएको मोरङ प्रहरीले जनाएको छ । चोरी भएको कारको मूल्य करिव ८० लाख पर्ने सोरुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर