पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा विराटनगर ८ का १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्दकुमार साह रहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरु उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन भन्दै अफवा फैल्याए आफ्नो सम्पर्कमा भएको अस्पताल वा फार्मेसीमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेको पाइएकोले पक्राउ गरीएको मोरङ प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले बताए ।
यस्ता विचौलीयाहरुले बस स्टेनमा विरामी उत्रने वितिकै हात समाएर तान्ने र विरामीको इच्छा अनुसारकै अस्पताल पुर्याइदिने भन्दै आफुले कमीसन पाउने अस्पताल वा फार्मेसीमा पुर्याउने गरेका छन् ।
पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।