खबर पूर्वाञ्चल
मेयर पदका उम्मेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उम्मेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो ।
आज विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् । कोइरालाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय नेता उम्मेदवारसँगै सक्रिय भएका हुन् ।
घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहना अनुरुप विकास निर्माणलाई अघि बढाउने बताए । उनले भने,“विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहि आएको छ । अब फेरि नयाँ परिस्थिति र समय सुहाउँदो महानगरको निर्माण नै हाम्रो अभियानहो ।” कोइरालाको आफू जनअपेक्षा अनुरुप नै काम गर्न उमेदवार बनेको स्पष्ट गरे ।
कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उम्मेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीयतहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र संभव हुने बताए ।
तपाईको प्रतिक्रिया