animated ellipse animated ellipse

ज्येष्ठ नागरिक वडा समितिको तेस्रो साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७९, शनिबार १८:४३
108
Shares
विराटनगर / ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

एक समारोहका बीच साधारणसभाको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीप समाजले अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकका लागि हरेक वडामा एकीकृत भवन निर्माण गर्नु आवश्यक रहेको बताए । मेयर कोइरालाले टोलैपिच्छे भवन बनाउँनुभन्दा वडाको केन्द्रमा व्यवस्थित र सुविधा सम्पन्न ज्येष्ठ नागरिक भवन बनाएर उनीहरुलाई सेवा प्रवाह गर्न महानगर तयार रहेको उल्लेख गरे । “धेरै ठाउँमा भवन बनाउनुभन्दा हरेक वडामा सबैलाई पायक पर्ने ठाउँमा एउटा सुविधा सम्पन्न भवन बनाइयो भने त्यसबाट ज्येष्ठ नागरिकहरुले लाभ लिन सक्छन्,” मेयर कोइरालाले भने, “ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले कहाँनेर के गर्नुपर्छ हामी तयार छौं ।”

उपमेयर शिल्पा निराला कार्कीले ज्येष्ठ नागरिकहरु भगवानतुल्य भएको बताइन् । ज्येष्ठ नागरिकलाई पुज्न कुनै तिथि मिति आवश्यक नपर्ने विचार राखिन् । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले ज्येष्ठ नागरिकलाई एकत्रित गरी दिन बिनाउन सहज होस् भनेर वडाकै पहलमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरेको बताए ।

कार्यक्रममा आयोजक समितिका सचिव अर्जुन भट्टराईले सांगठनिक र कोषाध्यक्ष भरत कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साधारणसभामा ज्येष्ठ नागरिक संघ महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी चिरञ्जीवी दाहाल, आयोजक समितिका अध्यक्ष ललित श्रेष्ठ, सदस्य इन्द्र खतिवडा, मिता तिवारी अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर