AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आज ३३ संक्रमित थपिए, कुन वडामा कति ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० श्रावण २०७७, शुक्रबार १८:४०
4.53k
Shares
विराटनगर/ विराटनगरमा आज ३३ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

थपिएसँगै आज दिउँसोसम्म विराटनगरमा संक्रमितको संख्या ४ सय ४७ जना पुगेको छ । विराटनगरमा कोरानोका कारण मृत्यु हुने संख्या ६ पुगेको छ । विराटनगर ९ का दुई जना र १०, ३, ५ र १५ वडाका १/१ जनाको मृत्यु भएको छ । कोरोनाको कारण विराटनगरमा मृत्यु हुने सबै पुरुष हुन् ।

आज थपिएका संक्रमित मध्ये सबैभन्दा बढी विराटनगर ५ मा वडा रहेका छन् । विराटनगर ५ मा ३ पुरुष र २ महिला छन् । यस्तै ४ मा ३ जना, ६ मा ३ जना, ७ मा ४ जना, ८ मा ३ जना, ९ मा ३ जना, १५ मा २ जना, १६ मा ३ जना रहेका छन् । १०, ११, १२, १, ३ र १७ मा १÷१ जना संक्रमित थपिएका छन् । वडा नखुलेको १ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर