खबर पूर्वाञ्चल
१४औँ महाधिवेशनअन्तर्गत विराटनगरको सभापतिमा कृष्णबहादुर कार्की, सन्तोष न्यौपाने, दीपक चापागाईं र अरुणकुमार न्यौपानेले आजमनोनयन दर्ता गरेका हुन् ।
सभापतिको दाबी प्रस्तुत गर्दै आएका प्रकाश दाहाल भने मनोनयन दर्ता गराएनन् । यस्तै, महानगर उपसभापतिमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । उप–सभापतिमा धनराजकुमार गुरुङ, ईन्दु सुवेदी (खतिवडा) र दीपेन्द्रकुमार स्वर्णकारले मनोनयन दर्ता गराएका छन् । यस्तै निरज कोइराला र प्रवीण जोशीले पनि उपसभापतिमा मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, महानगर सचिवमा चार जनाले मनोनयन दर्ता गराएका छन् । पेशल ढुङ्गेल, झुमा निरौला, सुजन दाहाल र तेजिन्द्र भट्टराईले सचिवमा मनोनयन दर्ता गराएका हुन् । महानगर सहसचिवमा भने ६ जनाले मनोनयन दर्ता गराएका छन् । सहसचिवमा दिवस नेपाल, गिरिशकुमार कोइराला, जस्विन कार्की, मुनाजिर हुसेन, सचिन पोखरेल र शिवप्रसाद पराजुलीले मनोनयन दर्ता गराएको मतदान अधिकृत जयबहादुर भुजेलले जानकारी दिए । भोलि मतदान हुने र मतगणना पनि हुने जनाइएको छ । महानगरमा ६ सय ८१ जना मतदाता रहेको पनि जनाइएको छ ।