खबर पूर्वाञ्चल
सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्धार गरिएको हो ।
विराटनगर महेन्द्रचौकदेखि एयरपोर्टसम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्धार गरिएको हो । स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडक आश्रित मानवहरुको उद्धार गरि सडक मानव मुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए । उनले भने,‘ सडकमा सहयोगापेक्षी, सडक आश्रित मानवहरु देखिने छैनन ।’ पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताए ।
सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्धार गरिसकेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए ।
सहयोगापेक्षी, सडक आश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।