पूर्वाञ्चल खबर
बजारमा आएको नयाँ कार मोडेलमा जापानिज इन्जिन रहेको छ, जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतयाः रेडी गो कारमा मा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन संञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन छ । यो कार ६ कलरमा रहेको छ । सिल्भर, ग्रे, रुवी, सेतो, रातो, र ब्राउन रङमा उपलब्ध छन् ।
न्यू रेडी गो कारको बजार मुल्य २३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । दशैंलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएकोले छुट योजना रहेको पायोनियर मोटोकर्प प्रालि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले जानकारी दिए । ५० वटा रेडी गो कार विक्री गर्दासम्म १ लाख ५० हजार रुपैयाँ छुट रहेको उनले जानकारी दिए ।