सिचाई आयोजना बरियातीको अध्यक्षमा श्रेष्ठ

खबर पूर्वाञ्चल, १३ भाद्र २०७८, आईतवार १८:३४

विराटनगर / सुनसरी मोरङ सिचाइ आयोजना जल उपभोक्ता संस्था अन्गर्तगत बरियाती शाखाको नयाँ कार्यसमिति गठन भएको छ ।

समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मोरङको धनपालथान गाउँपालिका ४ सोराभागमा भएको कार्यक्रमबाट उपाध्यक्षमा गणेश राय, सचिवमा श्रीराम चौधरी, सहसचिवमा भीमप्रसाद राजवंशी र कोषाध्यक्षमा शान्तकुमार वशेल रहेका छन् ।

समितिको अन्य सदस्यहरूमा गंगाप्रसाद खतिवडा, रतन राई, रामानन्द सिंह, तेजेन्द्र प्रसाद राजवंशी, गितादेवी गच्छदार र मोहनबावु तिवारी रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि चतरा मुल समितिका अध्यक्ष रामप्रसाद मेहताको सहभागिता रहेको थियो । उक्त निर्वाचन समितिको संयोजकमा कुमारप्रसाद भेटवाल, सदस्यहरुमा चन्द्रशेखर राजवंशी, केदार पौडेल र डिल्ली कार्की रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५