AArya
animated ellipse animated ellipse

गुरुकुलमा ‘ज्ञ’ मञ्चन, सोमबार ‘साबित्रीको बाख्रो’ देखाउँदै महोत्सव सकिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०८१, आईतवार १६:३१
504
Shares
विराटनगर / विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आइतबार ‘ज्ञ’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।

विद्यार्थी प्रतिक्षा अधिकारीद्धारा लिखित तथा सोनाम तामाङद्धारा निर्देशित नाटकले नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरुलाई कलात्मक ढंगले उजार गरेको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्सिना, अनुज प्रधान, निश्मा गिरी, ईश्वर मेहता, आरध्या दाहाल लगायतले अभिनय गरेका थिए ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा अन्तिम दिन सोमबार श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गरे ।

महोत्सवमा सहभागी भएका मध्ये उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्ड पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर