कोशीकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले लिइन् शपथ

खबर पूर्वाञ्चल, २६ श्रावण २०८०, शुक्रबार १७:२८
108
Shares
विराटनगर / कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ आज गराएका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १÷१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिइन् ।

गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले आज बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी भएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बूले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लागएको विरोधमा पार्टीको निर्णयअनुसार १७ जेठमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रूपमा बहुमत पु¥याएर पहिलो पटक थापा मुख्यमन्त्री नियुक्त हुँदा पनि जसपाले पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिएका थिए ।

सर्वोच्च अदालतको आदेशले दोस्रो पटक साउन १७ गते थापा पुनः मुख्यमन्त्री नियुक्त भएपछि पनि जसपाले पुरानै अडान दोहो¥याएर सरकारमा सहभागी नभएकाले प्रतिबद्धता पत्र सार्वजनिक गर्न उनी बाध्य भएका हुन् ।

मुख्यमन्त्री थापाले अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भदौ २ गते बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने बताए । उनले अबको दश दिनभित्र विश्वासको मत लिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५