विराटनगरमा भदौ २५ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

खबर पूर्वाञ्चल, १० भाद्र २०८०, आईतवार १९:०९
1.31k
Shares
विराटनगर / चार पार्टी सम्मिलित समाजवादी मोर्चाले भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आज बसेको संयुक्त बैठकले विराटनगरको बरगाछीस्थित होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती, केन्द्रीय सदस्य सुशिला घिमिरे (सामना), नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, मोरङ अध्यक्ष चन्द्रवीर राई, प्रदेश समिति सदस्य वीरेन्द्र यादव, जसपाको प्रदेश अध्यक्ष याक्खा, नेता जयराम यादव, नेकपा विप्लवका पोलिटब्यूरो सदस्य तथा कोशी व्यूरो इन्चार्ज दिपेश सी, केन्द्रीय सदस्य पुष्प सी, संगीत सी लगायतको उपस्थिति थियो । बैठकले कार्यक्रममा सहभागीता, हल तथा मञ्च व्यवस्थापन, आथर््िक व्यवस्थापन तथा स्वयंसेवक परिचालनको विषयमा पनि निर्णय गरेको छ ।

कार्यक्रममा ३ हजार बढी मानिसको सहभागीता गराउने, जसपाका नेता राजकुमार यादवको नेतृत्वमा मञ्च व्यवस्थापन गरिने, जसपाकै प्रदेश अध्यक्ष याक्खाको नेतृत्वमा आर्थिक समिति निर्माण गर्नुको साथै कार्यक्रमलाई व्यवस्थित गर्न युवा तथा विद्यार्थी मोर्चा सम्मिलित समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५