AArya
RUMPUM
animated ellipse animated ellipse

युवालाई प्रहरी आयोग कक्षा पढाउँदै कटहरी गाउँपालिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०८१, शनिबार १८:१७
27
Shares
विराटनगर/ मोरङको कटहरी गाउँपालिकाले यहाँका तीन दर्जन बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ ।

कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई पालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुनका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो ।

लोकसेवा तयारी कक्षा ४५ दिनसम्म गाउँपालिकामा संचालन हुने केटहरी गाउँपालिकाका अध्यक्ष देबराज चौधरीले जानकारी दिए । बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन इच्छुकहरुलाई भेला बनाएर तयारी कक्षा संचालन गरेको उनले बताए ।

‘कटहरी गाउँपालिका भित्र धेरै युवायुवतीहरूले प्रहरी र सेनामा जागिर खान इच्छुक देखिएको पाइएको छ । इच्छुकहरुलाई प्रहरीमा भर्ना हुनको लागि गाउँपालिकाले तयारी कक्षा संचालन गरेको छ,’ उनले भने, ‘उहाँहरूको प्रयासलाई गाउँपालिकाले पनि सहयोगका लागि प्रहरीमा भर्ना हुनको लागि तयारी कक्षा सुरु गरेको हो ।’
नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको उनले अध्यक्ष चौधरीले बताए ।

यसअघि पनि गाउँपालिकाले कक्षा १२ उत्तिर्ण गरेका युवा युवतीहरुलाई ४५ दिने निःशुल्क लोकसेवा कक्षा सुरु गरेको थियो । उक्त कार्यको लोकसेवा तयारी गरिरहेकाहरू खुसी भएका छन् ।
यसमा दलित, महिला, स्थानीय र आर्थिकरुपमा विपन्नता भएकालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । कटहरीका सबै वडालाई यसमा सहभागी गराएको छ । पालिका भित्रका ६० जना युवायुवत्तीहरुलाई गाउँपायिलकाले निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको थियो ।

युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सुरु गरेको अध्यक्ष चौधरीले बताए । पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र सोही अनुरूप लोक सेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष चौधरीले बताए ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका पालिकाभित्रका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमलले बताए ।
पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यसपटक पनि निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

निजामती सेवामा युवाको आकर्षण बढाउन र विदेश पलायन रोक्न लोकसेवा आयोगबाट लिइने परीक्षा तयारीका लागि सञ्चालन गरिएको निःशुल्क कक्षा सहयोगी हुने पालिकाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर