animated ellipse animated ellipse

एस्पायर कलेजका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०८०, शनिबार १९:०८
252
Shares
विराटनगर/विराटनगर–१४मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम ईटहरीमा सम्पन्न गरेको छ ।

बि.पि.एच. कार्यक्रममा २६ जना र बि.टेक.एड.आईटी कार्यक्रममा ३५ जना गरि जम्मा ६१ जना विद्यार्थीहरुलाई कलेजले अभिमुखिकरण गरेको हो ।

कलेजका अध्यक्ष बिकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुलअफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सी, स्कुलअफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुईटेल, मनमोहन टेक्निकल विश्वविद्यालयका ईन्जिनियरिङका डीन प्रा.डा. प्रचण्डमान प्रधान, काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका प्रमुख बिनोदप्रसाद पन्त, काठमाण्डौ विश्वविद्यालय स्कुलअफ मेनेजमेण्ट, अण्डर ग्राजुएट हस्पिटालिटी कार्यक्रमकी संयोजकआशाथापा मगर र ए.सि.इ.ए. का डाईरेक्टर ब्रजेश मिश्र निर्देशक सुबास आचार्य, प्रतिक राउत, प्रत्युष राउत, अभिभावक, शिक्षक–शिक्षिका, तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कलेजका अध्यक्ष अधिकारीले एस्पायर कलेज एक नमुना कलेज बन्ने कुरामा जोड दिदै विद्यार्थीको भाग्य र भविष्यप्रती केही कसर बाँकी नराख्ने बताए । कलेजमा अध्ययनरत बि.पि.एच.का विद्यार्थी आफ्नो अध्ययनको दोस्रो सेमेष्टरबाटनै विभिन्न पाँच तारे होटलमा ईटर्नसिप पाएझैं आई. टी. कार्यक्रम अध्ययनरत विद्यार्थीकालागि पनि रोजगारको अवसर हुने गरि निकट भविष्यमाआई.टी कम्पनी खोल्ने घोषणा गरे । स्थापना भएको दुई वर्षमात्र भएको भएता पनि कलेजका संचालक एवं कार्यक्रम संयोजकहरुको शिक्षा क्षेत्रमा लामो अनुभव भएको हुनाले एस्पायर कलेजले राम्रो प्रगती गरेको कलेजका प्रिन्सिपल सि.एम. बस्नेतले बताए ।

विश्वविद्यालयले गरेको निगरानी र अभिभावकत्वको चर्चा गर्दै प्रमुख बस्नेतले बताए, “हामीविद्यार्थीलाई एकाईसौ शताब्दीकालागि चाहिने सिप, संस्कार र प्रबिधि मैत्रिशिक्षा प्रदान गछौं ।” उनले भने ।

कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई काठमाण्डौं विश्वविद्यालय स्कुलअफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सी र स्कुलअफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुईटेलले ब्याच वितरण गरेर स्वागत गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर