AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेविसंघ मोरङको आधिकारिक सभापति सरोज पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०८१, मंगलवार १७:४६
459
Shares
विराटनगर / नेपाली काँग्रेस निकट रहेको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङको आधिकारिक जिल्ला सभापति सरोज पोखरेल रहेको कांग्रेस मोरङले जनाएको छ ।

पार्टीले आज विज्ञाप्ती जारी गर्दै नेविसंघको आधिकिार जिल्ला सभापति पोखरेल भएको जानकारी गराएको हो । जिल्ला सभापति पोखरेल काँग्रेस नेता डा. शेखर कोइराला समूहका हुन् भने संस्थापन पक्षीय १२ जना केन्द्रीय सदस्यले मोहम्मद तनविरलाई जिल्ला सभापति बनाएको भन्दै विज्ञप्ति सार्वजनिक भएको थियो । मोरङमा नेविसंघ समान्तर कमिटि गठन भएको हल्ला चलेपछि काँग्रेस पार्टीले आधिकारिक धारणा सार्वजानिक गरेको हो ।

‘फागुन १६ गते नेपाली कांगेस मोरङगको पार्टी कार्यालयमा आई नेवि संघका केही केन्द्रीय सदस्यहरुको नाममा नेविसंघका मोरङको जिल्ला कार्यसमिति समानान्तर बनाएको सुचना प्रकाशित भएको खबरले नेपाली कांगेस मोरङको गम्भिर ध्यानार्षण भएको छ ।

मोरङ जिल्लामा नेविसंघको अधिकारिक जिल्ला समिति हुदाँ हुँदै यसरी समानान्तर समिति अवैधानिक तवरले बनाउने दुसप्रयासले पक्कै पनि नेविसंघको ऐतिहासिक छविलाई धुमिल पार्दै तमाम नेविसंघमा आवद्ध विद्यार्थीहरुको भावना माथि कुठाराघात भएको महशुष नेपाली कांगेस मोरङले ठहर गरेको छ । यस्ता खाले गतिविधिले स्ववियू निर्वाचनमा ने वि संघलाई गम्भिर आधत पुग्ने हुँनाले नेविसंघ मोरङको आधिकारिक जिल्ला सभापति सरोज पोखरेल भएको सबैमा अनुरोध गर्दछु,’ कार्यभवहाक सभापति भक्तिनाथ माझीले जारी गरेको विज्ञाप्तीमा उल्लेखछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर