AArya
RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा त्रिपक्ष भिडन्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७९, शनिबार १४:४९
414
Shares
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । निर्वाचन प्रचारको समय ४ दिनमात्रै बाँकी छँदा दलहरुले चुनावी अभियान तीब्र पारेका हुन् ।

कानेपोखरीमा नेकपा एमाले, नेकपा माओेवादी केन्द्र र नेपाली कांग्रेस मुख्य प्रतिस्पिर्धी दलहरु हुन् । यसबाहेक राप्रपाले पनि आफ्नो छुट्टै उम्मेदवारी दिएको छ । एमाले बाहेकका गठबन्धन दल मिलेर जाने प्रयास अन्तिममा असफल भएको थियो

यसअघिको निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्ष तथा ५ वटा वडामा जित निकालेको थियो । कांग्रेसले भने १ नम्बर र ३ नम्बर वडामा जितेको थियो । माओवादी केन्द्रले अध्यक्ष पदमा दोस्रो स्थान ल्याएको भएपनि कुनै पदमा जित निकाल्न सकेको थिएन ।

यसअघिको निर्वाचनमा एमालेका ताराबहादुर काफ्लेले करिब ६ हजार ६ सय मत ल्याएका थिए भने माओवादी केन्द्रका सूर्यबहादुर धिमाललले करिब ४ हजार ६ सय मत ल्याएका थिए । कांग्रेसका उम्मेदवार केदारबहादुर थापाले ४ हजार ३ सय मत ल्याएका थिए ।

एमालेबाट राजमती इङ्नाम
साधरण पढलेख भएकी एमालेकी उम्मेदवार राजमती इङ्नाम यसअघिको कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । कानेपोखरीमा यसअघि एमालेले अध्यक्ष, उपाध्यक्षसहित ५ वटा वडामा जितेको थियो । इङ्नाम कानेपोखरी ६ की स्थायी बासिन्दा हुन् ।

अध्यक्ष ताराबहादुर काफ्लेले फेरि दोहोर्याउने चाहना राखेको भएपनि इङ्नामलाई अन्तिममा एमाले नेतृ शिवमाया तुम्बाहाम्फेको पहलमा उम्मेदवार बनाइएको चर्चा छ ।
आदिवासी जनजाति लिम्बू समुदायबाट उम्मेदवार बनेकी इङ्नामले सोही मत र एमालेको सांगठनिक बलमा चुनाव जित्ने सो पार्टीले जनाएको छ । यद्यपि, एमालेमा ताराबहादुर काफ्लेको टिम चुनाव प्रचारमा मौन बसेको कारण सो पक्षको भोट इङ्नामलाई नै नजाने कतिपयको विश्लेषण छ ।

माओवादीबाट ७६ वर्षे सूर्य धिमाल
‘उमेरले म त्यहाँ फुटबल खेल्न जाने होइन, ज्ञान र योजना लिएर जाने हो । फुटबल खेल्न त सक्दिन होला । तर, सक्रियताको हिसावले म एभरग्रिन हो,’ मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार ७६ वर्षे सूर्य धिमालले भने ।

मोरङको कानेपोखरी गाउँपालिकामा उनले ०७४ सालमा पनि उम्मेदवारी दिएका थिए । त्यसबेला उनलाई एमालेबाट उम्मेद्वार बनेका तारा काफ्लेले पराजित गरेका थिए । पुनः सोही पदमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका धिमालले यस पटक एमालेका तर्फबाट उम्मेद्वार बनेकी राजमती इङ्नाम र कांग्रेसका उम्मेद्वार संजय भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।

यसअघिको निर्वाचनमा दोस्रो मत ल्याएका उनलाई यो पटक जित्ने आधार के छ भनि सोधिएको प्रश्नमा उनी भन्छन्, ‘अन्य पार्टीका साथीहरुको पनि मलाई सहयोग हुन्छ ।’ चुनावमा जिते के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘म शासक होइन जनताको सेवक बन्न जाने हो ।’

उनी २०२४ सालदेखि २०३१ सालदेखि विराटनगर नगरपालिकामा वैदार हुँदै मुखिया काम गरेका थिए । त्यसपछि घरगृहस्थी जीवनमा फर्किए । त्यसपछि साथीहरुको संगतमा लागेर पञ्चायत राजनीतिमा लागे । उनले राजनीति भने झापादेखि सुरु गरेको बताउँछन् ।

त्यसबेलाका प्रतिस्पर्धी सोमनाथ बाँस्तोलालगायत ४ जना प्रतिस्पर्धीको मत जोड्दा पनि नपुग्ने गरी उनले मत ल्याएका थिए । त्यसबेला ३ हजार ७ सय हाराहारी मत ल्याएका उनी भन्छन्, ‘४ जना प्रतिस्पर्धीको मत जोड्दा पनि मेरो जति पुगेन ।’

उपप्रधानपञ्चको पद सकिएसँगै चुपचाप बसेका उनी माक्र्सवाद अध्ययनमा लागे । पछि किराँत राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनेका उनले किराँत र लिम्बुवानको अन्तरविरोध भएपछि धिमाल राष्ट्रिय मुक्ति मोर्चा गठन गरे । त्यसबेला उनी सो मोर्चाको केन्द्रीय उपाध्यक्ष बने । त्यो मोर्चाको काम गर्दैगर्दा माओवादी नेता गोपाल किराँतीसँग भेट भयो । त्यसपछि माओवादी आन्दोलनमा लागेका उनी अहिलेसम्म त्यही पार्टीको राजनीतिमा छन् ।

बुढ्यौली उमेरमा जाँगरका साथ उम्मेदवारी दर्ता गराउनु भएको छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘वर्तमान अवस्थामा हाम्रो पार्टीको कार्यकर्तामा पनि यताउता भएको अवस्था छ, संख्यात्मक हिसावले हिंजोको भन्दा बढी पार्टी सदस्यता संख्या बढेको छ, हामी कडा प्रतिस्पर्धा गर्ने अवस्थामा छौं, पहिलेको भन्दा बढी नयाँ ढंगले चुनावमा जान सक्यौं भने हामी चुनाव जित्छौं भन्ने मलाई लागेको छ ।’

कांग्रेसबाट सञ्जय भट्टराई
विराटनगरमा घर भएपनि पुख्र्यौली थलो कानेपोखरी ४ का सञ्जय भट्टराई नेपाली कांग्रेसबाट कानेपोखरी गाउँपालिकाको अध्यक्षका उम्मेदवार हुन् । उनलाई कानेपोखरीका स्थानीयले ‘पाहुना’ उम्मेदवार भन्ने टिप्पणी गरिरहेका छन् ।

यसअघि पटकपटक जुवा खालबाट पक्राउ परेका भट्टराईलाई कांग्रेसका नेता डाक्टर सुनिल शर्माको जोडबलमा उम्मेदवार बनाइएको हो । स्थानीय कांग्रेसका अधिकांश नेता कार्यकर्ता गठबन्धन बनाएर जानुपर्छ भन्ने लाइनमा हुँदा भट्टराईले भने एक्लै लड्ने अड्डी लिएका थिए । सुनिल शर्मा र मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेश सांसद सूर्यमाराज राईको ब्याकअपमा चुनावमा उठेका उनलाई धेरै कांग्रेसीले मन पराउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर