AArya
animated ellipse animated ellipse

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०८०, मंगलवार १८:४०
162
Shares
विराटनगर / १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।

मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्राधानाङ्गलाई आज सम्मान गरिएको हो ।

भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी थिइन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।

उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाइन् । उनी च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भइन् ।

नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको भन्दै स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेलसम्वद्ध सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याइरहेका छन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।

दिपा र कविर भगतलाई जिल्ला मोरङ स्टे«न्थलिसफ्टिङ संघ मोरङका अध्यक्ष नवनितराज प्रधानले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर