animated ellipse animated ellipse

‘द एज बैण्ड’ को कन्सर्ट विराटनगरमा अर्को हप्ता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ चैत्र २०७८, शनिबार १८:५५
234
Shares
विराटनगर / चर्चित ‘द एज बैण्ड’ को कन्सर्ट विराटनगरमा हुने भएको छ ।

नयाँ वर्षको अवसर पारेर यही चैत १९ गते विराटनगरको एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा द एज बैण्डकोकन्सर्ट हुने भएको हो ।

श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा द एज बैण्डको कन्सर्टको तयारी तिब्र बनाएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । द एज बैण्डको विराटनगरमा लामो समयपछि कन्सर्ट हुन लागेको कार्यक्रम संयोजक साजिद आलमले जानकारी दिए ।

‘कोभिड १९ को कारणले विराटनगरमा साँगीतिक कार्यक्रम हुन सकेको थिएन । अहिले जनजीवन सामान्य भएपछि चर्चित ब्याण्डलाई ल्याएरकन्सर्र्ट गर्न लागेको हो,’ कार्यक्रम संयोजक आलमले भने, ‘विराटनगरमा हुने यो कार्यक्रमम सम्भ र भव्य हुनेछ ।’

द एज बैण्डको ‘न चाहेको होइन…., सम्झीने मुटुहरु लगायतका चर्चित गीतहरू युवाहरूको ढुकढुकीमा बस्न सफल भएको छ । ‘अहिलेको युवापुस्ताहरूको रोजाइमा परेको ब्याण्डलाई ल्याएर कन्र्सट गर्न लागेको हो,’ उनले भने, ‘यस कार्यक्रममा विराटनगरसहित पूर्वका संगीतप्रेमि महानुभावहरूको सहभागिता रहनेछ ।’

कन्सर्टमा ३ सय देखि ३ सय ५० जनाको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । कन्टर्समा २ हजार रुपैयाँ टिकट रहेको छ । कार्यक्रम सम्पन्न गर्न १७ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर