RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७९, सोमबार १७:०५
216
Shares
विराटनगर/ कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै प्रदेश १ को राजनीति समीकरण फेरिएको छ । एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ ।
अहिले नयाँ गठबन्धनका कारण प्रदेश सरकारको अंकगणित फेरबदल भएको छ ।

यसअघि प्रदेश १ मा जसपाको साथ विना गठबन्धनले सरकार बनाउन सक्ने अवस्था थिएन । अहिलेको नयाँ समीकरणले सहज रुपमा बन्ने देखिएको छ । प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेश सभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सीट प्राप्त गरेको छ । माओवादी केन्द्रसँग ९ प्रत्यक्ष र चार सामानुपातिक गरी १३, राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सीट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । नयाँ समीकरणमा थपिएको माओवादी केन्द्रको जम्मा १३ सीट पाएको छ । यहाँ १ सीट जसपाको छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ । यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ ।

अर्कोतिर नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सीट तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सीट पाएको छ ।

नेकपा एसले सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय गरिनसकेको र सरकारमा जाने निर्णय गरेको खण्डमा प्रतिपक्षीमा काँग्रेस एक्लै हुने सम्भावना छ ।

प्रदेश १ मा को होला मुख्यमन्त्री ?
नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् ।

एमालेले प्रदेश १ को मुख्यमन्त्री पाउने माओवादीसँग सहमति भए उनै कार्की मुख्यमन्त्री हुने देखिएको छ । माओवादीको भागमा मुख्यमन्त्री पाएको खण्डमा उक्त पार्टीको इन्द्रबहादुर आङ्बो हुने निश्चित छ । आङ्बो बाहलवाला प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् । माओवादी केन्द्रले आज दलको नेता चयन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर