कटहरीको नीति तथा कार्यक्रम : पूर्वाधार र स्वास्थ्यमा प्रथामिकता

खबर पूर्वाञ्चल, ९ असार २०७९, बिहीबार १७:१७
117
Shares
विराटनगर / ‘शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मूल अधिकार’ नाराको साथ मोरङको कटहरी गाउँपाकिलाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । बुधबार गाउँपालिकाको प्रथम अधिवेशनमा स्वास्थ्य, पूर्वाधार, कृषि र शिक्षालाई प्राथामिकतमा राखेर नीति तथा कार्यक्र सार्वजानिक गरेको हो ।

कटहरी गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष देबराज चौधरीले बताए ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सम्पूर्ण विद्यालयहरुलाई प्रविधिमैत्री र समावेशी विद्यालयसहितको रुपान्तरित गरिने, स्वास्थ्य केन्द्रहरुलाई प्रविधिमैत्री बनाइने, गाउँपालिकामा १५ शैय्याको अस्पताल बनाउने नीति तथा कार्यक्रममा उल्लेखछ । यस्तै गाउँपालिकाले कृषकहरुको माटो परीक्षण गर्नको लागि माटो परीक्षण ल्याब पनि संचालनमा ल्याउने भएको छ । गहुँ, धान र मकैको उत्पादकत्व बढाउन कृषकहहरूलाई गहु, धान र मकैको बिउमा अनुदान दिने, कृषि तथा पशु विमा कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

कार्यक्रममा बोल्दै संघीय सांसद अमनलाल मोदीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वयनमा लैजानुपर्नेमा जोड दिए । जनप्रतिनिधीहरुले बनाएको योजना व्यवहारमा कार्यन्वयन गरेर लैजान सकेमात्र समद्ध गाउँपालिका बनाउन सकिने उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष तथा प्रदेश सांसद विजय विश्वास, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईलगायतको उपस्तिथी रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५