ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दिल्लीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको अन्तिम आठमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०८१, मंगलवार २२:०७
198
Shares
एपिएफका खेलाडी (निलो) ले अगनडी बढाएको बल खोस्ने प्रयासमा भारतका खेलाडी (रातो जर्सी) । तस्वीर पुष्पराज थपलिया
विराटनगर / विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लव काठमाण्डौ ९ औं संस्करणको विराट गाल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा एपीएपले भारतको सुदेभा दिल्ली फुटबल क्बललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।

दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हापदेखि आक्रमक खेल खेलेका थियो । तर, पनि जितको लागि पेनाल्टी सुटआउटसम्म कुर्नुपर्याे ।

खेलको ३० औं मिनटेमा एपीएफका हरि कार्कीले बललाई मध्यभागबाट एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । त्यसलगत्तै एपीएफका मनिकुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । ३७ मिनेटमा एसपीएफका हरीले डि बक्सभित्रबाट गरेको पावरफुल सर्ट पहिलो बारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो ।

खेलको ८५ औं मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै दिल्लीका लुन्कल गरेको वानटच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृकष्ट बचाउँदा गोल हुनबाट चुक्यो ।

आजको खेलको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।

भोलीको पहिलो क्वाटरफाइनल खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर