animated ellipse animated ellipse

खेलकुदले मानिसलाई अनुशासित बनाउँछ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०७९, बिहीबार २०:१२
207
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय भारतोलन छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदमा जस्तो अनुशासन अन्य क्षेत्रमा नहुने तर्क प्रस्तुत गरे । उनले खेलाडीबाट अन्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले अनुशासन सिक्नुपर्ने धारणा राखे । “खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्छ भनिन्छ,” मेयर कोइरालाले भने, “त्यससँगै व्यक्तिलाई अनुशासित बनाउँछ खेलकुदले ।”

खेलाडीका कारण नेपालको नाम विश्वमै चिनाएको उनले बताए । उनले विराटनगरमा पनि थुप्रै राष्ट्रियस्तरका खेलाडीहरू भएको चर्चा गरे । उनले खेलकुदको विकासका लागि महानगरपालिकाले सक्दो सहयो गर्ने उल्लेख गरे ।

उद्घाटन समारोहमा भारतोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, सहसचिव धु्रव प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । छनौट प्रतियोगितामा प्रदेशभरिबाट ३२ जना खेलाडी सहभागी भएका छन् । राष्ट्रिय प्रतियोगिताका लागि १० जना पुरुष र १० जना महिला खेलाडी छनौट हुने भारतोलन छनौट प्रतियोगिताका संयोजक विमल पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर