पूर्वाञ्चल खबर
खाद्य निरीक्षक प्रकृति वस्तीको नेतृत्वमा गएको टोलीले पसलमा पुगेर अनुगमन गरेको हो। यद्यपि, अनुगमनका क्रममा उपभोक्ताले गुनासो गरेको मिठाइ भने सकिइसकेको पाइएको अनुगमन टोलीले जनाएको छ। उजुरी परेको मिठाइ नभेटिएपछि टोलीले सोही कच्चा पदार्थ प्रयोग गरी बनाइएका अन्य मिठाइको नमुना (सेम्पल) संकलन गरेर परीक्षणका लागि कार्यालयको प्रयोगशाला (ल्याब) पठाएको छ।
‘उपभोक्ताबाट गुनासो आएलगत्तै हामी अनुगमनमा पुगेका थियौं, तर जुन मिठाइबारे गुनासो आएको थियो, त्यो सकिइसकेको रहेछ,’ खाद्य निरीक्षक वस्तीले भनिन्, ‘यहाँको सरसफाइ अवस्था भने सामान्य नै देखियो। अहिले सोही कच्चा पदार्थबाट बनेका अन्य मिठाइको नमुना परीक्षणका लागि पठाएका छौं।’
उक्त नमुनाको परीक्षण रिपोर्ट आउन ४८ घण्टा लाग्ने र रिपोर्ट आएपछि मात्रै मिठाइको गुणस्तरबारे थप यकिन हुने खाद्य निरीक्षक वस्तीले जानकारी दिइन्।