खबर पूर्वाञ्चल
आज सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको तेहौं स्थापना दिवसको उपलक्ष्यमा विराटनगरमा ४ जना सञ्चारकर्मीहरुलाई पुरस्कार वितरण गर्दै उनले सञ्चारकर्मीले दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डोर्याउनतर्फ लाग्न समेत आग्रह गरे ।
त्यस अवसरमा मुख्यमन्त्री कार्कीले १० हजार राशीको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कार जुनु भट्टराईलाई , २१ हजार राशीको मेम्वर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कार नवीन कर्णलाई, ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पुरस्कार सुशिला पाठकलाई र ५१ हजार राशीको तोरेन्द्र– इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कार मोहनप्रसाद भण्डारीलाई प्रदान गरे ।
मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीहरुले मुलुकको लोकतन्त्र स्थापना र प्रत्येक परिवर्तन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले सञ्चारकर्मीहरुलाई सत्य तथ्यका आधारमा समाचार पस्किन समेत सम्बेदनशील हुन आग्रह गरे।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रत्येक वर्ष ४ जना पत्रकारलाई सम्मान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा समेत यसलाई थप गरी निरन्तरता दिने बताए ।
यस्तै, दाता दिनबन्धु गोयलले आफ्नो आम्दानीको ९० प्रतिशत समाजसेवामा खर्च गर्ने गरेको जानकारी दिए। सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले सम्मानबाट समाजमा पछाडि परेका जनताका उत्थानमा लाग्न प्रेरणा मिल्ने बताए।
तपाईको प्रतिक्रिया