दियाली परिवारद्धारा सरस्वती स्कूलमा ५० हजारको अक्षयकोष स्थापना

खबर पूर्वाञ्चल, १४ असार २०७७, आईतवार १८:४५

कोनेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत बिद्यालयमा काठमाण्डौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय भएका बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएका छन् ।

सरस्वती स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्वर्गीय भएका बुवा ‘हर्कबहादुर दियाली अक्षयकोष’ स्थापना गरिदिएका हुन् ।

अक्षयकोष स्थापना गरिदिएका सुनचाँदी व्यवसायी सुरेन्द्रले सरस्वती स्कूल अध्ययन गरेका थिए । आफु पढेको स्कूलमा स्वर्गीय भएका बुवाको नाममा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरूको व्याक्तित्व विकासमा थप टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताए । आउँदा दिनमा यसरीनै आफ्नो तर्फबाट स्कूललाई सहयोग गरेर अगाडी बढने दियालीले बताए ।

२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको शैक्षिक गुणस्तर सुधार गरि नमुना विद्यालयको रूपमा परिचत गराउन भूतपूर्व विद्यार्थीहरूको समूह अहिले लागि परेका छन् । विद्यालयको भौतिक पूर्वाधारको स्तरउन्नतीदेखि शैक्षिक गुणस्तर सुधारमा लागि परेको स्कूलमा स्थापना भएको अक्षय कोषले ठूलो सहयोग पुग्ने सरस्वती आधारभूत विद्यालय भूतपूर्व विद्यार्थी संगठनका संयोग खगेन्द्र बराइलीले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूतपूर्व विद्यार्थीको समूह लागि परेकोले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई सहयोगको लागि भूतपूर्व विद्यार्थी समूहले सार्वजानिक रुपमा अपिल पनि गरेको छ ।

यस अघि पनि कानेपोखरी ६ घर भइ यूकेमा रहेका धनबहादुर लिम्बू र चेतमाया लिम्बुले ५० हजारको ‘बुद्ध रानी लिम्बु अक्षयकोष’ स्थापना गरेका छन् । उक्त कोषबाट आएको ब्याजले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरिदै आएको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५