AArya
animated ellipse animated ellipse

धनपालथानका किसानलाई कृषि सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८०, सोमबार १३:५३
189
Shares
कुमोद अधिकारी
विराटनगर/मोरङको धनपालथान गाउपालिका वार्ड न –२ का १७ जना किसानलाई कृषि यान्किरणमा सहज होस भन्ने उदेश्यले कृषि सामाग्री वितरण गरिएको छ ।

कृषि ज्ञानकेन्द्र मोरङले सो वडामा रहेको श्री कल्याणकारी वहुउदेश्य सहकारी मार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको हो ।

वडामा संचालित गहुवाली व्लक कार्यक्रममा आवद्ध किसानलाई एकथान पावर टिलर, एक थान रोटावेटर, तीन ठाउँमा डिप वोडिङ जडान, पाँच थान पम्सेट चार थान इलेक्ट्रिक मटर, तीन थान डिजिटल काटा तथा पाँच सय केजी डेलिभरी पाइप वितरण गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले वताए ।

कृषि सामाग्री वितरण कार्यक्रम जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, धनपालथा गाउँपालिकाका प्रमुख जिवछप्रसाद गच्दार, उपाध्यक्ष नसिमा वानो तथा कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले किसानलाई उक्त सामाग्री वितरण गरे ।

किसानको आठ लाख र ज्ञानकेन्द्रको १५ लाख गरि २३ लाख रुपैया वरावरको कृषि सामाग्री किसानलाई वितरण गरिएको सहकारी संस्थानका अध्यक्ष दिपेन्द्र पासवानले वताए ।

त्यसैगरि कृषि ज्ञानकेन्द्रले पाँच हजार केजी गहुको विउ तथा १३ सय केजी विभिन्न प्रकारका मलखाद्य किसानलाई वितरण गरिएको कार्यालय प्रमुख सिंहले वताए । सो वडामा संचालित गहुव्लक कार्यक्रम दुई वर्षसम्म संचालन हुने उनले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर