मैथिली चलचित्रकर्मी संघ गठन

खबर पूर्वाञ्चल, ११ आश्विन २०७७, आईतवार १९:३९

विराटनगर / विराटनगरमा मैथिली चलचित्रकर्मी संघको अध्यक्षमा सन्तोष सरकार निर्वाचित भएका छन् । विराटनगरमा आज भएको एक भेलाले सरकार सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बिजय कामत, उपाध्यक्षमा विरेन्द्र झा, सचिवमा राजेशकुमार भगत, सह–सचिव पवन शाह, रमेश ठाकुर र कोषाअध्यक्षमा अशोककुमार मण्डल छन् । समितिको सदस्यहरूमा झुमा सरकार, धिरेन्द्र साह र बिकेशकुमार मण्डल छन् ।

कार्यक्रममा चलचित्रकर्मि संघ प्रदेश १ का अध्यक्ष अरूण प्रधान, विराटनगर ६ का वडाअध्यक्ष बिजय कामत, चलचित्रकर्मि निर्देशक समाज प्रदेश १ का अध्यक्ष केशव रायमाझीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५