AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विरामी ठगि गर्ने पाँचजना विचौलिया फेरी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७८, बुधबार १८:४१
1.98k
Shares
विराटनगर / विराटनगरमा केहिदिनदेखि उपचार गर्न आएका विरामीलाई सहजीकरण गर्ने वहानामा विरामीलाई ठगि गर्ने पाँचजना विचौलियालाई फेरी प्रहरीले पक्राउ गरेको छ । यस अघि भदौ ९ गतेपनि १० जना विचौलिया पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा विराटनगर–८ का सुनिल राय, रोहित साह, विवेक साह, सुनसरी इनरुवा–१ का बिनोद मेहता र सप्तरी रराजविराजका सारन्स कुमार चौधरी रहेका छन् ।

विराटनगरमा चिकित्सक, क्लिनिक तथा अस्पतालमा उपचारमा सहजीकरण गर्ने वहानामा विरामी ठग्नेलाई प्रहरीले पक्राउ गरेको हो । अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी यहाँ डाक्टर राम्रो छैन, यहाँका डाक्टर अन्त अस्पतालमा सरूवा भई सकेका, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन् भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याई आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर