ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०८१, शुक्रबार १७:५७
54
Shares
विराटनगर / विराटनगर – १६ स्थित गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको छ ।

विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुल परिसरमा हप्ताको एक दिन अतिरिक्त क्रियाकलाप हुने गरेको हो ।

विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलपाहरुमा पनि विशेष जोड दिदै आएको छ । तेही अनुरुप विद्यालय परिसरमा हप्ताको एक दिन शुक्रबार हाजिरिजवाफ, चित्रकला, हिज्जे प्रतियोगिताहरु हुने गरेको स्कुलकी भाइस प्रिन्सिपल निकिता ताम्रकार ( सुवाल) ले जानकारी दिइन् । त्यसैगरी विद्यार्थीहरुले आफ्नै काम आफै गर्नुपर्छ भन्ने मान्यता अनुसार अतिरिक्त क्रियाकलाप अन्र्तगत सर्टमा टाक लगाउने, पुस्तकमा गाता लगाउने, टाइ आफै लगाउन पनि सिकाउने गरिएको छ । आगमी दिनमा ग्यासको रेगुलेटर फेर्ने , सिलाईबुनाई, बत्तीको फ्यूज फेर्ने जस्ता थप अन्य सिपहरु क्रमिक रुपमा सिकाउँदै जाने योजना रहेको स्कुलले जनाएको छ ।

गौतम बुद्ध स्कुलमा नर्सरीदेखि कक्षा दशसम्म एक हजार बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर