पूर्वाञ्चल खबर

“मुख्यमन्त्री दैनिक सामाजिक संजालको भिडियोमा आएर कोरोनासंग लडिरहेको,पराष्त गर्न लागेको,घेराबन्दी भैसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,” विज्ञप्तिमा भनिएको छ,“सरकारका कमी कमजोरी र भ्रष्टचारबाट जोगिन कोभिड १९ लाई राम्रोसंग ढालको रुपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक पटक प्रर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ती अहिले आएर झुटो सावित भएको छ ।”
मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनेपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदांगो भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको छ । कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पुर्ण निर्माण भै नसकेको र विरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो ।”
संक्रमित त परै जाओस लक्षणसहित सास फेर्न गारो परेको बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पिसिआर टेष्टको दायरा बढाउन दिएको दबाब र सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको कांग्रेसको ठहर रहेको जनाइउको छ ।
दैनिक हजार क्षमताको परीक्षण गर्न ल्यावको कुरा गरे पनि यसको दर बढाउन नसेको र अर्थिक प्रभाव परेकाहरुको विषयमा त परै जाओस संक्रमितहरुको समेत व्यवस्थापन गर्न सरकार सक्षम नदेखिएको विज्ञप्तिमा जनाइएको छ । प्रदेश सरकार केवल “केन्द्रको मुख ताक्ने र संघीय सरकार जस्तै गैरजिम्मेवार र निकम्मा भएको जनताले महसुस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरिपनि सरकारलाई पिसिआरको दायरा वढाउन आइसोलेसन र भेन्टिलेटरसहितको अस्पताल तु व्यवस्था गर्न जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले जनता प्रति पारदर्शी भएर जनधनको शुरक्षा तथा शान्ति शुरक्षा कायम गर्न सरकार समक्ष माग पनि गरेको छ ।