AArya
animated ellipse animated ellipse

शिक्षादीपद्वारा विज्ञान दिवस अवसरमा गरेको विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०८०, आईतवार १४:४६
1.01k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न प्रतिस्पर्धाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै मनाएको छ ।

आज कलेजमा आयोजित कार्यक्रममा ओजोन तह संरक्षण दिवस (१६ सेप्टेम्बर)का अवसरमा गरिएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरियो ।

‘ओजोन तह विनाश र यसका संरक्षणका उपायहरु’शीर्षकको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने एन्जल राई, द्वितीय सपना कटुवाल र तृतीय सुगम ढकाललगायत सान्त्वना पुरस्कार प्राप्त गर्ने आठ जना गरी जम्मा ११ जनालाई पुरस्कार वितरण गएिको थियो । उक्त प्रतियोगितामा छ दर्जन विद्यार्थीहरुले भाग लिएका थिए भने निर्णायकको भूमिका डिग्री क्याम्पस प्राणी विज्ञानका उप–प्राध्यापक मिलन खरेलले निर्वाह गरेका थिए ।

त्यसैगरी विज्ञान दिवसकै अवसरमा भाद्र महिनाका प्रत्येक शनिवार सञ्चालित चिकित्सा विज्ञान तथा इन्जिनियरिङका पूर्व तयारी कक्षाको परीक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरु पनि पुरस्कृत गरिएको छ । परीक्षामा चिकित्सा विज्ञानतर्फ सुशीलकुमार यादव, रवीनकुमार यादव,पृथ्वीनारायण मण्डल र आदर्श सिंहले उत्कृष्टताको पुरस्कार प्राप्त गरे ।

इन्जिनियरिङ्तर्फ निश्चल आचार्य, प्रशान्त कार्की,निर्णय श्रेष्ठ र प्रियङ्काकुमारी भगतले उत्कृष्ट अंक प्राप्त गरी पुरस्कृत भएका छन् ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, प्रमुख एकाडेमिक निर्देशक रमेशकुमार मण्डल, विज्ञानका को–अर्डिनेटर नवीनकुमार राय तथा अग्रज प्राध्यापकहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रिन्सिपल खड्काले शिक्षादीप कलेजले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने र उनीहरुको चौतर्फी विकासकालागि वर्षै भरिका सान्दर्भिक दिवसहरु विद्यार्थीको प्रतियोगात्मक सहभागितामा मनाउने गरिएको बताए । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला ’भन्ने मूल नाराका साथ मनाइँदै छ । ओजोन तह संरक्षण दिवस र विज्ञानको दिवसको इतिहास तथा वर्तमान सन्दर्भकाबारेमा निर्देशक रामचन्द्र अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर