पूर्वाञ्चल खबर
दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भीम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी निर्वाचित भएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिए।
घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको बताए।
अधिवेशनलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले जनस्तरबाट उठ्ने खेलकुद क्षेत्रका एजेण्डा र खेलक्षेत्रको उत्थानको लागि कार्य गर्न निर्देशन दिए। बस्नेतले महासंघ एमालेको जनसंगठन समेत भएकोले संगठनमा आवद्धहरूले खेलक्षेत्रमा कार्य गर्दै पार्टीको नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्नु पर्ने बताए।
अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले बोलेका थिए ।