खबर पूर्वाञ्चल
समाजसेवी राजेन्द्रप्रसाद चापागाईले आफ्ना पूर्वजको सम्मानमा स्थापित सो पुरस्कारको राशि चौध हजार रहेको छ भने सम्मान पत्रसहित कार्यक्रमका अध्यक्ष कोमलकृष्ण अधिकारीले र प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहाललगायत पुरस्कार हस्तान्तरण गरेका छन्।
समारोहमा समाजसेवी इन्दिरा रिजाललाई उनले षडानन्द अधिकारीलाई चिनाउन गरेको योगदानको कदर गर्दै षडानन्द समाज सेवा सम्मान २०८१ू समर्पण गरिएको छ। स्मरण रहोस् इन्दिरा रिजाल र उनका परिवारबाट षडानन्द प्रतिष्ठान इटहरीलाई प्रतिष्ठान स्थापनाको लागि भौतिक सहयोगका साथै भोजपुरको दिङ्लामा अवस्थित षडानन्द गुरूकुलीय पाठशालालाई आर्थिक सहयोग प्रदान गरेर षडानन्दप्रति सद्भाव र सहयोग गरे बापत सम्मान गरिएको संस्थाका सचिव दिङ्लाली कान्छोले बताएका छन्।
कार्यक्रममा सुदीप अधिकारीद्वारा लिखित अनुसन्धानात्मक कृति नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द र साहित्यकार मीना अधिकारीद्वारा रचित चौथो काव्य ूअमरज्योति षडानन्द लोकार्पण गरिएको थियो। विमोचित कृतिहरू माथि प्रा. प्रतिमा निरौलाले आफ्ना टिप्पणीसमेत प्रसतुत गरेकी थिइन्।
कार्यक्रमलाई उपाध्यक्ष रमेशकुमार चापागाई, कोशी प्रदेश सांसद विनोद बान्तबा, सचिव दिङ्लाली कान्छो, डा. भेषप्रसाद धमला, विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्षद्वय काजीबहादुर बस्नेत र बासुबहादुर बस्नेत, प्राडा नृपेन्द्र सिंह खत्री, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाई, साहित्यकार बलराम पोख्रेल, मीना अधिकारी, इन्दिरा रिजाल, प्रमुख अतिथि प्राडा दाहाललगायत अध्यक्ष कोमलकृष्ण अधिकारीलाले सम्बोधन गर्दै षडानन्द अधिकारीको योगदानलाई स्मरण गर्दै उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए।