खबर पूर्वाञ्चल
राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले आज विराटनगरमा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त स्थानको विवाद व्यवसायिक र पहिचान पक्ष भएकोले एकअर्कालाई सम्मान गरी मिलेर समस्या समाधान गरी जान सम्बन्धित पक्षहरुलाई आग्रह गरे ।
अध्यक्ष मगरले यस सम्बन्धमा आयोगले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्ति समेत जारी गरेको जानकारी गराए । उनले आयोगमा आएको नागरिकता सम्बन्धी उजरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए ।
अध्यक्ष मगरले मानव अधिकारको उल्लङ्घन घटनाको आयोगको कारवाहीको सिफारिशलाई सरकारले कार्यान्वयन गरिरहेको बताए । उनले आयोग मुलुकमा मानवअधिकारको संरक्षण,प्रवद्र्धन, सम्वद्र्धन गर्न प्रतिवद्ध रहेको विचार राखे ।
कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकारी रहेको र अनुसन्धान गरी कारवाहीका लागि प्रभावकारी ढङ्गले कार्य गरिरहेको विचार राखे ।
अन्तरक्रिया कार्यक्रममा अनौपचारिक सेवा केन्द्र( इन्सेक)का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मीहरु मोहन मानन्धर,किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिलाका बालबालिको नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यम आएका मानवअधिकार उलङ्घनका घटनामा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विभिन्न मानवअधिकार संघसंगठन, एकल महिलाका संघसस्था, पत्रकारहरुको सहभागिता रहेको थियो ।