RUMPUM
animated ellipse animated ellipse

पोखरीया, डिपिएस, प्रजातन्त्र स्काइ र मनासुल स्कुल विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८०, बिहीबार १८:४०
243
Shares
विराटनगर / विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् ।

विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आज भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सुनसरीको स्काइ बोर्डिङ स्कुल र दुहबीको माउण्ट मनासुल स्कुल विजयी भएका हुन् ।

पहिलो खेलमा पोखरीया स्कुलले सुनसरीको खनार मोडल एकेडमीलाई ४–० गोलले पराजित ग¥यो । जितको लागि पोखरीयाको तर्फबाट निशान्त राय, अभिषेक कामत, लवन रिजाल र युनिस चौधरीले समान १–१ गोल गरे । खेलको म्यानअफ द म्याच पोखरीयाका निशान्त राय घोषित भए ।

दोस्रो खेलमा प्रजातन्त्र माविले लालिगुँरास एकेडमी स्कुललाई ४–० गोलले निराश बनायो । प्रजातन्त्र माविको तर्फ धिरज उराव, ओम राजबंसी, रोसन सरदार ‘ए’ र रोसन सरदार ‘बी’ ले समान १–१ गोल गरे । म्यान अफ द म्याच रोशन सरदार घोषित भए ।

तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले विराटनगरको देवकोटा पब्लिक स्कुललाई ६–० गोलले हरायो । डिपिएसका अभिषेक साहले ह्याट्रिक पुरा गर्दै ४ गोल गरे भने जिनिल बिष्ट र निरजान खड्काले समान १ – १ गोल गरे । म्यान अफ द म्याच अभिषेक साह भए ।

चौथो खेलमा स्काइ स्कुलले विराटनगरको अपर्ण स्कुललाई ३–१ गोलले पराजित ग¥यो । जितको लागि स्काइ स्कुलको तर्फबाट दिपेन कार्कीले २ र बिबेक राईले एक गोल गरी टिमको जित बनाए । अपर्णको तर्फबाट सान्तवना गोल सुयोग अर्यालले फर्काए । म्यान अफ दि म्याच अपर्णका अभिषेक मगर घोषित भए ।

पाँचौ खेलमा माउण्ट मनासलु स्कुलले नरग्राम माविलाई २–० गोल निराश बनायो । जितको लागि सरोज चौधरी र अभय चौधरीले गोल गरे । खेलको म्यान अफ द म्याच नरग्रामका सुप्रिम खड्का घोषित भए ।

शुक्रबार पनि पाँच वटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर