मोरङ ३ ‘क’ मा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट

खबर पूर्वाञ्चल, २४ कार्तिक २०७९, बिहीबार १२:३०
657
Shares
विराटनगर /नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले अर्काे उम्मेदवारी दिनुपर्ने भएकाले लिम्बूलाई उम्मेदवार बनाउन लागिएको हो ।

उनले एमाले उम्मेदवार दिलिप राईसहित ५ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने छन् । उनको नाम सिफारिस भएपछि कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको जनाइएको छ । आज दिउँसो १ बजे मनोनयन दर्ता गराउने तयारी कांग्रेसको छ ।

निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।

लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५