RUMPUM
animated ellipse animated ellipse

नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित ३४ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७७, आईतवार १९:५२
3
Shares
विराटनगर / नेपालमा थप आज २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । आज थपिएका २ सय १३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन । नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन । पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर