खबर पूर्वाञ्चल
साउन मसान्तसम्म कोरोनाको लागि १३ अर्ब ३७ करोड ३१ लाख ५६ हजार रुपैयाँ स्रोत व्यवस्थापन गरिएको थियो । साउन महिनामा १० करोड ७० लाख ७० हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । संघीय सरकारले कोरोना विरुद्ध लड्नका लागि साउन मसान्तसम्ममा ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार खर्च गरेको छ । यसमा प्रहरी, सेना, स्वास्थ्यलगायत निकायले गरेको खर्च समेटिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट हालसम्म १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै संघीय सरकारले सञ्चित कोषबाट साउन मसान्तसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा २ अर्ब १७ करोड ३६ लाख ४० हजार, रक्षा मन्त्रालयको नाममा २ अर्ब ३७ करोड ४ लाख ६१ हजार, गृह मन्त्रालयको नाममा २० करोड ८३ लाख २४ हजार र परराष्ट्र मन्त्रालयको नाममा ६ लाख ५० हजार निकासा गरेको छ ।
त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा ४ करोड २९ लाख ४४ हजार निकासा भएको छ । अर्थ मन्त्रालयका अनुसार औषधि तथा स्वास्थ्य सामग्री शीर्षकमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार, स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार, जनशक्ति परिचालनमा ५ करोड ७४ लाख ४३ हजार, क्वारेन्टिनको लागि ४ करोड ७४ लाख ४३ हजार, र अन्य शीर्षकमा १ करोड २४ लाख ७३ हजार रुपैयाँ सञ्चित कोषबाट निकासा गरिएको छ । प्रदेश–१ ले १२ करोड ९४ लाख ९९ हजार, प्रदेश–२ ले १० करोड ८२ लाख ९३ हजार, बागमती प्रदेशले ३० करोड ७३ लाख २५ हजार खर्च गरेका छन । गण्डकी प्रदेशले १६ करोड १५ लाख ९५ हजार, प्रदेश–५ ले १२ करोड ५९ लाख ४५ हजार, कर्णाली प्रदेशले ३ करोड ५२ लाख ४१ हजार र सुदूरपश्चिम प्रदेशले १ करोड ६ लाख ७५ हजार खर्च गरेका छन । त्यस्तै, स्थानीय सरकारले साउन मसान्तसम्ममा १ अर्ब ३५ करोड २० लाख ५९ हजार रुपैयाँ खर्च गरेका छन ।