खबर पूर्वाञ्चल
विराटनगरको सहिद मैदानमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एफसी काठमाण्डौ र पूर्व बिजेता टिम थ्रिस्टार फुटबल क्लब बिच तेस्रो क्वाटरफाइनल खेल सुरु भएको हो ।
मच्छिन्द्रले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
थ्रीस्टार फुटबल क्लबले पाँचौ संसकरणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन शून्यले स्तब्ध बनाउदै थ्रीस्टारले उपाधि चुमेको हो ।
मछिन्द्रले दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप प्रतियोगिताको बुधबारको फाइनलमा थ्रिस्टारलाई १–० गोलले पराजित गरेको थियो । थ्रिस्टार कपिलबस्तुमा हारेको बदला लिने उच्च मनोबलको साथ मैदान प्रवेश गरेको छ भने मछिन्द्र विराट गोल्डकपको दोस्रो पटक उपाधि हत्याउने संकल्पको साथ मैदान प्रवेश गरेको छ ।