AArya
RUMPUM
animated ellipse animated ellipse

केएल दुगड ग्रुपका कर्मचारी भारत लैजादै गरेको सुन,चाँदी र नोटसहित विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०८०, शनिबार १९:२४
1.95k
Shares
विराटनगर / विराटनगरबाट भारत तफै जादै गरेको भ्यान चेकजाँचका क्रममा प्रहरीले प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भेन चालक विराटनगर– २ का ५२ वर्षीय विमल कामत, भारत विहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् । उनीहरु सवार को २ च १४९५ नम्वरको इको भ्यानबाट ५३ तोला सुन, ६ किलो चाँदी र सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु ९० लाख मूल्य बरावरको रहेको प्रहरीको दाबी छ ।

विराटनगर २ का कामत केएल दुगड ग्रपुका सवारी चालक हुन भने विनोद र पुष्पा श्रीमान श्रीमती हन् । विनोद केएल दुगड ग्रुपका लेखापाल रहेको प्रहरीले बताएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि उक्त सामानसहित सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर