खबर पूर्वाञ्चल
व्यवस्थापन संकाय डिनको पदभार ग्रहण गर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता व्यक्त गरे । विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्व विद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने बताए ।
गत शुक्रबार डिनमा नियुक्त भएका सहप्राध्यापक डा. श्रेष्ठलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आज पद तथा गोपनियताको सपथ गराएका हुन् ।
नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औं डिन हुन् । उनको कार्यकाल ४ वर्षको रहेको छ ।
वि.स. २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएका डा. श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधी गरेका छन् ।