AArya
RUMPUM
animated ellipse animated ellipse

मतदानपछि गठबन्धन नटालिनेगरि पम्चर हुन्छ : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७९, शनिबार १९:०५
423
Shares
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनपछि पाँच दलिय गठबन्धनको फुर्ति सकिने बताएका छन् ।

सुनसरीको चुनावी सभालाई सम्बन्धन गरेपछि विराटनगरमा आज दिउँसो आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्दछन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरि पम्चर हुनेछ,’ उनले भने, ‘मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’ चुनावमा एमालेसँग एक्ला एक्लै लडन नसक्नेले देश बनाउन नसक्ने बताए । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टी बाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ संकेत गर्दै अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका डोढका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले माधव नेपाललाई लक्षित गर्दै भने, ‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक÷एक कचौरा दूध दिएपछि शान्त छन् ।’

गठबन्धन तोड्ने आफूले नचाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिने चेतावनी दिए । हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाई छ ।

अध्यक्ष ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणी गरे । ‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी,’ ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर