आयोजकले खेलको सुरुआतीमै गोलका राम्रा अवसर चुकाउँदा पाहुना टोलीलाई खेल सुम्पन्नु प¥यो । सिद्राहाले मध्यान्तर अघि २ गोलले अग्रता लिँदै विराटलाई केही दबाबमा राख्न खोजे पनि कडा रक्षापंक्तिका कारण गोल गर्न सकेन । खेलको अन्तिम समयमा विराटका खेलाडीले विपक्षीलाई दबाबमा राख्दै २ गोल फकउिन सफल भए ।
खेलको २१ औं मिनेटमा सिद्राहा हर्कराम गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस लगत्तै २६ औं मिनेटमा पुनः गुरुङले टोलीका लागि दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । आयोजक विराटका लागि कृष्ण शाक्यले ६४ र ६८ औं मिनेटमा गोल गरेका थिए ।
विराट मेघा स्पोर्ट्स एकेडेमीले आयोजना गरेको खेलको म्याद अफ द म्याच सिद्राहाका विनय चौधरी घोषित भए ।
प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेस प्रदेशको लाहानबाट टोलीको सहभागिता रहेको छ । मोरङको मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान क्लब, जहदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, आयोजकको विराट मेघा भेट्रान क्लबको ‘ए’ र ‘बि’ गरी ६ टोली रहेका छन् । त्यसैगरी, झापाबाट दुधे भेट्रान क्लब, सुनसरीबाट दुहवी भेट्रान क्लब र मधेस प्रदेशबाट लहान भेट्रान क्लबले रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
तपाईको प्रतिक्रिया