पूर्वाञ्चल खबर
बूढीगंगा गाउँपालिका वडानम्बर ४ को समन्वयमा विपन्न महिलाहरुलाई स्वरोजगार बनाउन डकर्मी तालिमसञ्चालन गरिएको हो ।
राष्ट्रिय अपांग पुर्नस्थापना समाज काठमाडौंको आयोजना तथा स्टान्डर्ड चार्टर्ड बैंकको सौजन्यमा आजबाट सुरु भएको तालिमको बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले विपन्न समुदायका महिलालाई लक्षित गरी आयोजित तालिम उपलब्धिमूलक हुनेमा विश्वास व्यक्त गरे । सीपयुक्त व्यक्तिले मात्रै राम्रो आय आर्यन गर्न सक्ने भन्दै अध्यक्ष मगरले भने, ‘हातमा सीप भएमा कोही पनि भोकै बस्नु पर्दैन । यो तालिमपछि महिलाहरु आयआर्जन गरी स्वरोजगार हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।’
तालिममा ८ जना महिला र १० जनापुरुष गरी कुल १८ जना सहभागी रहेका छन् । तालिममा सहभागीहरूले स्वरोजगार तथा सीप विकास सम्बन्धी सीप र ज्ञान प्राप्त गरेका छन् ।
तालिमको उद्देश्य स्थानीय युवालाई रोजगारमुखी बनाउन तथा गाउँ पालिकामा आर्थिक सशक्तीकरण प्रवद्र्धन गर्ने रहेको आयोजक समितिले जनाएको छ ।