RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत आज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०८०, शनिबार ०६:०७
144
Shares
विराटनगर / कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत आज गरिने भएको छ ।

मुख्यमन्त्रीका लागि ४७–४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हन् ।

दुवै दाबी कर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्रबहादुर आङ्बो र माननीय केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा छ ।

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम आङ्बो र कार्कीको दाबी पेस भएको हो । आङ्बो सत्ता गठबन्धन र कांग्रेस नेता कार्कीले एमाले सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. देशको अबस्था लाई मध्ये नजर गर्दा प्रदेश सरकार धेरै महँगो र खर्चिलो देखिन्छ , देशले धान्न नसक्ने हुंदा यो सरकार खारेज गरी नेपाल सरकारले यस्को बजेट बिकाश मा लगाउन माग गर्दछु ।।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर