खबर पूर्वाञ्चल
विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र ब्रिज , सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर फिल्टर, स्वास्थ्यतर्फ मानव शरीरको बनोट ,पाचन प्रणाली , मानव मुटु बनाएका थिए।
हस्तकलातर्फ स्मार्ट सिटी ,घरहरू, फूल र विभिन्न घरायसी सजावटका सामग्री बनाएका थिए। त्यस्तै चित्रकला प्रदर्शनी पनि उक्त अवसरमा गरिएको थियो।
विद्यालयले पढाइसँगै विभिन्न प्रकारका विद्यार्थीहरुको सीप र क्षमता अनुसार विद्यार्थीहरूको सार्भङ्गिक विकास गर्ने हेतुले यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह स्वालले जानकारी गराए।
तपाईको प्रतिक्रिया