AArya
animated ellipse animated ellipse

२४३ किमि दूरी तय गर्दै कोशीका मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०८०, मंगलवार १८:५२
585
Shares
उदयपुर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा बेलसोत पुगेर सम्पन्न भएको छ ।

झापाको बाहुनडाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा गरेका छन् । यसक्रममा उनले पाँच जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुंदै पदयात्रा गरेका थिए ।‌ यसक्रममा कार्कीले दैनिक ४० किलोमिटर पैदल यात्रा गरेका थिए ।‌ मुख्यमन्त्रीले पीडित र सर्वसाधारणसंग प्रत्यक्ष अन्तरसंवाद गरी जानकारी लिएको विषयलाई संश्लेषण गरिने र कार्ययोजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिए ।‌

जंगली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यो यात्रा मानव हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।‌ हात्ती दुश्मन होइन भन्दै मुख्यमन्त्री कार्की पालिका, वार्ड र खेत खलियानसम्म सरकार पुगेको बताउंदै भने,जंगल कसको हो रु हामी स्थानीयबाट समस्या बुझ्ने र समाधानको उपाय लिन पदयात्रामा निस्किएका हौं । हात्ती संगसंगै बस्नुको विकल्प छैन । कार्कीले सरकार आफै जंगल, बस्ती र टोलटोलसम्म पुगेर समस्या बुझ्ने कामको शुरुवात गरेको बताउंदै उनले यो सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको सुनाए ।‌ जनसड़ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चापले हात्तीको जैविकमार्गको सड्कुचन र प्राकृतिक बासस्थानको घटेको यात्रमा देखेको र यस्ता विषयलाई बजेटमार्फत सम्बोधन गर्ने कार्कीले बताए ।

कोशी प्रदेशका पांच जिल्लामा हात्तीले घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । समस्याहरुलाई उजागर गरी आगामी दिनमा मानव हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रकृयामा हात्तीमैत्री वातावण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेंतर्फ यस पदयात्रा लक्षित रहेको पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतले बताए ।‌ हात्ती विज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि संसारभर यसरी कतैपनि पदयात्रा नभएको बताउँदै भने,यो यात्राले हात्ती संरक्षणमा थप काम गर्न बल पुगेको छ । यो संसारमै पहिलो पटक पर्यावरण मैत्री पदयात्रा भएको छ ।

स्थानीय जनताहरूको जीवनस्तर सुधार गर्न मौजुदा कानुनमा सुधार एवं थप नीतिगत व्यवस्था गर्ने, मानव हात्ती सह(अस्तित्व कार्ययोजना कार्यान्वयनमा तीनै तहका सरकार, संरक्षण साझेदार तथा सबै सरोकारवालाहरूको जिम्मेवारी सहभागिताको सुनिश्वतता गर्ने जनाइएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले पदयात्रा समस्या पहिचान र समाधानका उपाय खोज्न फलदायी भएको सुनाए ।‌ समापन कार्यक्रममा हात्ती विज्ञ रमेश थापा, शंकर लुइँटेल, संघीय सरकारका सचिव दिपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर