RUMPUM
animated ellipse animated ellipse

एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०८०, मंगलवार १३:०६
171
Shares
झापा / झापाको विर्तामोडनगरपालिका १ अदुवापुल स्थित पूर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ ।

हिजो साँझ सवा ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्रीसिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले विर्तामोडनगरपालिका ४ की ६९ बर्षिया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी साहको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो भने एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका ३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर